



बैतडी -बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ४ बत्थीका ५० वर्षिय जगदिश सिंह महराको आइतबार दिउँसो बग्गीचोर भिरबाट लडेर मृत्यु भएको हो । सुकेली सन्तोलीको सडकबाट घरतर्फ जाने क्रममा लडेर गम्भिर घाइते भएका महराको प्राथमिक स्वास्थ्य केन्द्र पाटन पुर्याउने क्रममा मृत्यु भएको वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्टले जानकारी दिए ।




