Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते,३ सकुसल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीमा जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुर स्थित भिटा भन्ने स्थानम सोमबार बिहान ११ बजेको समयमा गणमेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको से १ ज २९५ नं को जिप दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेका छन् ।

जिपमा सवार १८ जना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य सवार १४ जना घाइते भएका छन् । उनिहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेत्तृतवमा सुरक्षा निकायका प्रमुखहरुको टोली समेत घटनास्थलचर्फ गइरहेको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब ७० मिटर तल खसेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page