



बैतडी -बैतडीको पाटन नगरपालिका-८ झौलेकमा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यू भएको छ । झुलाघाटबाट बझाङको बागथला तर्फ गैरहेको से १ ज ७६४ नम्बरको जीप राती ११बजे दुर्घटना प्रहरीले जनाएको छ ।
दुर्घटनामा जीपको पछाडी सवार ५ जना हाम फालेर बाच्न सफल भएको प्रहरीको भनाई छ । जीपमा चालक सहित १२जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन्।




