Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको कालागाउँ घटना : हत्यामा संलग्न दुइ आरोपित पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय बाशुदेव जोशीको हत्या घटनाका दुई जना आरोपित समातिएका छन्।हत्या आरोपमा दोगडाकेदार गाउँपालिका–८ तोलीका मन्दिरे भनिने २४ वर्षीय महेन्द्र बिष्ट र कट्टेधारकी २८ वर्षीया धनमती भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए।

जय भगवति मेलौली सुनचाँदी

‘महिलालाई हिजै समातेका हौँ, अर्का आरोपित बिष्टलाई आज घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै छौँ,’ उनले भने।

आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीका एक सदस्यका अनुसार गाउँमा बिष्टका दुई घर छन्। मुलघर भन्दा अर्को घरमा लुकिरहेको अवस्थामा पक्राउ परेका हुन।

‘ढोकामा बाहिरबाट ताला लगाएर बिष्टलाई भित्र लुकाइएको थियो,’ उनले भने। शनिबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव भेटिएको थियो। मृतक जोशीका दाई पुष्पराज जोशीले ज्यान सम्बन्धि कसुरमा बिष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएका थिए।#सिमारेखा

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page