Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पञ्चेश्वरमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पञ्चेश्वरमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका २ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।

 

जय भगवति मेलौली सुनचाँदी

हिजो राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय बैद्यकहाँ लगिएको थियो । बैद्यकहाँ झारफुककै क्रममा ती महिलाको मृत्यु भएको प्रहरी निरिक्षक जोशीले बताए ।

लुहारका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । उनकी एक छोरी रहेको बुझिएको छ ।

 

मृतक लुहारको शव पोष्टमार्टम पछि आज आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page