



बैतडि:माँघ ११बैतडीको दोगडाकेदोर १ घरोडी टोलमा बदेलको आक्रमणबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मन्नाम जोसी भनेर चिनिने ७७ वर्षीय मनोरथ जोसीको उपचारका क्रममा डडेल्ध्ुरा अस्पतालमा मृत्यु भएको आफन्त नविन जोशीले जानकारी दिनुभयो । अर्का गम्भिर घाइते ४५ वर्षीय बल बहादुर कार्कीलाई धनगढी रेफर गरिएको छ । ५५ वर्षीय हरीदत्त जोसी र ४२ वर्षीय बिरभान सार्की समान्य घाइते भएका थिए । हिजो साँझ करिब ६ बजेको समयमा गाउँमै पसेर बदेलले आक्रमण गरेको थियो । आक्रमणबाट चार जना घाइते भएका थिए ।




