



बैतडि: माघ १३ बैतडीको पाटन पन्चेस्वर सडकखण्डमा बस दुर्घटना भएको छ । महेन्द्रनगर देखि मेलौलीतर्फ गइरहेको ना ७ ख २५७० न को पवनदुत यतायातको बस मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परी ८जना घाइते भएका छन । घाइते हुनेमा मेलौली नगरपालिका -६ का बर्ष ४८का कमलापति भट्ट, कन्चनपुर दैजि बस्ने २१ वर्षिय पुजा भट्ट, मेलौली नगरपालिका वार्ड नं ९ का दुर्गादत्त भट्ट,सोहि ठाँउका ६८ वर्षिय राँम सिँह साँउद, घाइते भएका छन्।यसैगरि मेलौली नगरपालिका वार्ड नं २ का २१ वर्षिय मनिश चन्द, शिवनाथ गाउँपालिका वडा नं ५ बस्ने २१ वर्षिय सुसिला चन्द, शिवनाथ गाउँपालिका वडा नं ६ का अन्दाजी २९ वर्षिय जनक आौजि,र बारा जिल्ला का अन्दाजी ४५ वर्षिय खिराद अन्सारि घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता एबम प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । बस सडकबाट करिब २० मिटर तल खसेको छ ।




