Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी बस दुर्घटना,घाइते मध्ये २जना धनगढी रिफर, ३ जना डिस्चार्ज,३जनाको डडेल्धुरा मा उपचार हुँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:माघ १३ महेन्द्रनगर देखि मेलौली का लागि छुटेको ना ७ ख २५७० न.को पवनदुत यतायातको यात्रु वाहक बस बैतडीको पाटन पन्चेस्वर सडक खण्ड अन्तर्गत मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजेको समयमा दुर्घटना हुदा ८जना घाइते भएका थिए । घाइतेहरुलाइ उपचार लागि डडेल्धुरा लगिएको थियो। घाइते मध्ये २ जनालाइ थप उपचार लागि धनगढी रिफर गरिएको छ।रिफर गरिने मा मेलौली नगरपालिका वार्ड नं ६ का ४८ वर्षिय कमलापति भट्ट र मेलौली नगरपालिका वार्ड नं ९ का दुर्गादत्त भट्ट रहेका छन। यस्तै ३जना सामान्य उपचार पछि डिस्चार्ज भएका छन् डिस्चार्ज हुनेमा मेलौली नगरपालिका वार्ड नं ९ का ६८ वर्षिय राँम सिँह साँउद, मेलौली नगरपालिका वार्ड नं २का २१ वर्षिय मनिष चन्द,र बारा जिल्लाका सिराज अन्सारी रहेका छन। यस्तै कन्चनपुर दैजि बस्ने २१वर्षिय पुजा भट्ट, शिवनाथ गाउँपालिका वार्ड नं ५ कि २१वर्षिय सुसिला चन्द,र शिवनाथ गाउँपालिका वार्ड नं ६का जनक आौजि को डडेल्धुरा मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता एबम प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । बस सडकबाट अन्ताजी २० मिटर तल खसेको थियो।बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page