


बैतडी -दार्चुलाको महाँकालि नगरपालिका–७ धापस्थित मालिकार्जुन नमुना मावि शैक्षिक गुणस्तरमा देशकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । गत वर्ष पनि शैक्षिक गुणस्तरमा पहिलो नम्बरमा रहेको उक्त विद्यालय यस वर्ष पनि पहिलो नम्बरमा यथावत रहेको हो ।

देशभरीका झण्डै ५ हजार विद्यालयमा गरिएको स्थलगत अनुगमन र ७९ वटा सूचकको आधारमा उक्त विद्यालय पहिलो नम्बरमा रहेको हो । व्यवस्थापकीय पक्ष र शैक्षिक गतिविधिमा उत्कृष्टता हासिल गर्दै आएको विद्यालय देशभरीमै उदाहरणीय रहदै आएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार मालिकार्जुन नमुना मावि पहिलो नम्बरमा रहन सफल भएको हो ।




