Vutlaxapu
Laxmibhuwan sun chadi

अनुुगमन गर्न गएका प्रहरीमाथि कैलाली कारागारमा कैदीबन्दीको आक्रमण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी । कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन् ।

 

शनिबार दिउँसो कारागारमा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गरेका हुन् ।

 

 

जय भगवति मेलौली सुनचाँदी

कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन सकेर निस्किने क्रममा समान्य धकेलाधकेल भएको बताउदै सोही क्रममा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको जानकारी दिए ।

 

उनका अनुसार अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ ।

 

कैलाली कारागारमा मदिरा र लागुऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढ्दो रहेको छ । केही समयअघि मदिरा सेवन गरेर कैदीबन्दी र कारागारका कर्मचारीबीच झडप भएको कुरा सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page