Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारका एक ५ वर्षिय बालकको मृर्गौला फेल ,प्रत्यारोपणमा सहयोग गरिदिन अपिल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, प्रकाश भट्ट -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ कपिन्नाका प्रकाश चन्द्र भट्टका ५ वर्षिय छोरा असोक भट्टको दुवै मृगौला खराब भएकाले उनलाई बचाउनको लागी परिवारजनले सहयोगको याचना गरेका छन्।

भट्टको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना गर्नुपरेको पीडितका बुवा प्रकाश चन्द्र भट्टले बताए। भट्टको परिवारको आर्थिक अवस्था नाजुक छ। भट्टकी श्रीमती द्रोपती शर्मा भट्ट भन्छिन्, ‘अहिले हामीलाई खानलाउन नै समस्या भैरहेको छ, यस्तो अवस्थामा बिरामीको उपचार कसरी गराउने भन्ने सकसले अत्यास बढाएको छ।’ उनले उपचार खर्च जुटाइदिएर छोरा बचाइदिन परोपकारीहरूलाई अनुरोध गरेकी छिन्‌।

 

जय भगवति मेलौली सुनचाँदी

अहिले काठमाडौंमा भट्टको उपचार भइरहेको छ।अस्पतालले उनको एउटा मृगौला पुर्ण रुपले फेल भएको र अर्को मृगौलाले केहि काम गरेको जनाएको छ।एउटा मृगौला सल्यकृया गरि निकालिएको र एक महिनाभित्र प्रत्यारोपण गरि आफ्नो छोरालाई बचाउन सकिने श्रीमती द्रोपती शर्मा भट्टको आशा छ।

 

नाता, इष्‍टमित्र तथा आफन्तकै भरमा अस्पताल पुर्‍याएर उपचार गरिरहेको बुवा प्रकाश चन्द्र भट्टले बताए। उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागि १५ देखि २०लाख रुपैयाँ खर्चलाग्ने भनेपनि आफूसँग रकम जम्मा गर्ने क्षमता नभएकाले सहयोग माग्नुको विकल्प नभएको जानकारी गराएका छन्‌।

 

राष्ट्रिय बाणिज्य बैंक बैंक नारायणपुर दाङमा प्रकाश चन्द्र भट्टकाे नाममा खोलिएको खाता नम्बर ४३६०१०००००१५६१०४ मा रकम जम्मा गरेर सहयोग गरिदिन परिवारको आग्रह छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page