Vutlaxapu
Laxmibhuwan sun chadi

कांग्रेस नेत्री आरजुको घर मर्मतमा १० लाख

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको धनगढीस्थित घरमा मन्त्री निवास मरम्मतका लागि भन्दै १० लाख रुपैयाँ बिनियोजन गरेको भेटिएको छ।

 

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बिनियोजन गरेको बजेटबाट १० लाख रुपैया छुट्टयाएको हो।

 

धनगढी उपमहानगरपालिका–४ मा रहेको आरजुको घरमा अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाको निवास रहेको छ। प्रकाश नाताले घरधनी आरजुका भतिजा हुन।

 

प्रदेश सरकारले असार १ गते बजेट ल्याएको थियो। बजेटका बारे दफावार छलफल गर्नुपर्ने माग प्रमुख विपक्षी नेकपा (एमाले) सहितका दलहरुले गरेपनि सरकारले त्यसलाई छल्दै आएको आरोप विपक्षीहरुले लगाएका थिए।

 

यसबीचमा सभामुख र मन्त्रीलगायत प्रदेशका शीर्षस्थ अधिकारी अन्तरदेशीय भ्रमणमा गएका थिए। दवाव बढेपछि बजेट ल्याएको २६ औँ दिन हिजो प्रदेश सभामा छलफल प्रारम्भ भएको छ।

 

बजेटको आलोचना बढ्दै गएको छ भने कांग्रेस नेत्रीसमेत रहेकी आरजुको घरमा मन्त्री निवास मरम्मतका लागि भन्दै बजेट बिनियोजन गरेको पाइएपछि प्रमुख विपक्षी दलले यो विषयलाई पनि मुद्दा बनाउने सम्भावना बढेको छ।

 

जय भगवति मेलौली सुनचाँदी

‘मन्त्री निवास भाडाको घरमा छ, त्यसको मरम्मतसम्भार पनि घरधनीले नै गर्नुपर्ने हो, तर प्रदेश सरकारले जनताको करबाट उठेको पैसा नेताको घर मरम्मतमा लगाएर दुरुपयोग गर्न खोजेको देखियो,’ एमालेका एक प्रदेश सभा सांसदले भने।

 

यस्तै एउटै योजनामा दोहोरो, तेहोरो बजेट बिनियोजन गरेको पनि भेटिएको छ। सम्पन्न भइसकेका सडकहरुमा पनि बजेट बिनियोजन गरी दुरुपयोग गर्न खोजिएको भन्दै सत्ता पक्षीय सांसदहरुले नै असन्तुष्टि व्यक्त गरिरहेका छन्।

 

‘पहिल्यै निर्माण सम्पन्न भइसकेका सडकमा प्रदेश सरकारबाट बजेट परेको छ,’ एक जना सत्तापक्षीय सांसदले भने।

 

धनगढीको नैनादेवी पुरानो हसनपुर सडक, गोदावरी पुल देखि अत्तरिया चौराह हुदै सशस्त्र प्रहरी ब्यारेक सम्मको सडक, शहीदगेट शिवपुरी न्यूरोड सडक खण्डदेखि कैलाली मोडल चोक सम्मको सडकमा त्यसरी बजेट बिनियोजन गरिएको उनको भनाई छ।

 

एउटै योजनाको नाम फेरेर पनि दोहोरो बजेट छुट्टयाइएको छ। कञ्चनपुरको पिपरिया खानेपानी योजना, धनगढीको पुरानो भन्सार सडकलगायतमा त्यस्तो गरिएको भेटिएको हो।

 

भौतिक मन्त्रालयको भवन निर्माणमा पनि दोहोरो रकम बिनियोजन गरिएको छ। मन्त्रालयको भवन निर्माणमा ३ करोड, मन्त्रालयका भवनहरुको विकास तथा व्यवस्थित गर्न भन्दै १९ करोड, मन्त्रालयमा रङरोगनका लागि १० लाख दिइएको छ।

 

सुदूरपश्चिम प्रदेश सरकारले गोदावरीमा प्रदेश राजधानी बनाउने निर्णय गरिसकेको छ। तर त्यहाँ कुनै काम सुरु नै भएको छैन। धनगढीको अस्थायी राजधानीबाट कामहरु भइरहेको छ। अहिले मन्त्रालयका भवन बनाउने भन्दै बजेट बिनियोजन भएपछि स्थानीयबासी ती भवन कहाँ निर्माण हुने हुन् भन्दै प्रश्न गर्न थालेका छन्।# सिमारेखा

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page