Vutlaxapu
Laxmibhuwan sun chadi

महाकाली सिँचाइ तेस्रो चरण : साढे छ सय हेक्टर सिँचाइ गर्न सकिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

महेन्द्रनगर- आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पु¥याउन सकिने भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ।

महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए। मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी परीक्षण गरिएको उनले बताए। ‘नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको थियो’, इन्जिनियर पण्डितले भने, ‘हामीले पनि अहिलेसम्म बनेको नहर परीक्षण गरेर सकेका छौँ।’ पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा पानी छाडेको उनले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page