Vutlaxapu
Laxmibhuwan sun chadi

तीन दिनसम्म भारी वर्षा नहुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

 

मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। ‘मनसुनको न्युनचापीय रेखा दक्षिणतिर सरेको छ। त्यसको असरस्वरूप पानी कम पर्ने देखिन्छ,’ उनले भने।

 

जय भगवति मेलौली सुनचाँदी

लामिछानेका अनुसार, मौसमको न्युनचापीय रेखा जति तल सर्‍यो पानी पर्ने सम्भावना उति नै कम रहन्छ। माथी सर्‍यो भने धेरै पानी पर्छ।

 

अहिले न्युनचापीय रेखा सरदर स्थानभन्दा तल अर्थात् नेपालभन्दा केही टाढा पर्छ। त्यसकारण भारी वर्षाको सम्भावना कम देखिएको हो। तर, हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ।

 

अहिले पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page