Vutlaxapu
Laxmibhuwan sun chadi

गौरीफन्टामा स्याउ टिप्न भारत जाने युवाको लर्को

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी । खेतीपातीको काम सकिएपछि सुदूर पश्चिमेली भारततिर पलायन हुन थालेका छन् । सिजन अनुसारको मजदुरी गर्नका लागि नेपाली युवा भारत पस्न लागेका हुन् । रोपाइँको काम सकेर धेरै नेपाली छोटो अवधिको कामका लागि भारत जाने गरेका छन् । अहिले भारत जाने त्यस्ता युवाको त्रिनगर भन्सार नाकामा लर्को लाग्ने गरेको छ । यता कामधन्दा सकिएकाले केही कमाउने आसमा भारत पुगेका छौ’, कैलालीको गौरीगङ्गा नगरपालिका १० नुक्लिपुरका ठगवीर चौधरी भने–‘अब दीपावलीमा मात्रै फर्किन्छौँ ।’ त्ससबेलासम्म अहिले रोपिएको धान समेत पाकेर काट्ने बेला हुने भएकाले अहिलेलाई खाली समयमा भारतको हिमाञ्चल प्रदेशको सिमलातर्फ जान लागेको उनको भनाइ छ ।

 

जय भगवति मेलौली सुनचाँदी

उनीसँगै अन्य ४ जना युवा सिमला पुगेको बताउँदै स्थानीय तथा नुक्लिपुर होम स्टेका अध्यक्ष दिनेश दहितले लगत्तै ४० जना युवाको समूह साउन ५ गते सिमलाको लागि हिँड्ने तयारीमा रहेकाे बताए । उनीहरु कोही यसअघि पनि सिमला गएर स्याउ टिप्ने काम गरिसकेका छन् भने, कोही पहिलो पटक जाँदै छन् । कैलाली र कञ्चनपुरको विभिन्न गाउँबाट अहिले युवाहरू भारततर्फ गइरहेको बताइएको छ । यहाँ उपयुक्त रोजगारी नपाइने भएकाले तन्नेरीदेखि ६० वर्ष लागिसकेका व्यक्ति पनि मजदुरीका लागि उतै गइरहेका छन् ।

 

कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का जीवन मगरले भने, ‘गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी हरेक वर्ष जानु पर्दैनथ्यो । तर, कुनै किसिमको रोजगारी छैन र कृषि पेसाले मात्रै गुजारा चल्दैन । त्यसैले काम गर्न भारत जानुपर्ने बाध्यता छ ।’ रोपाइँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरू भारतको हिमाञ्चल प्रदेश, सिमला, पुने, रिमा लगायतका ठाउँमा कामका लागि नेपालीहरू जाने गरेका हुन् । खास गरेर उनीहरू स्याउ टिप्ने, घाँस काट्ने लगायतको कामका लागि भारत जाने गरेका छन् । साउनमा गएकाहरू तीन÷चार महिना काम गरेर दसैँ वा तिहारमा फर्किने गरेका छन् ।

 

चार÷पाँच महिना काम गर्न पाएमा चाडपर्वको बेला ४०५० हजार रुपियाँ कमाएर फर्किने उनीहरू बताउँछन् । गाउँघरबाट समूह बनाएर धेरै मान्छे भारतमा काम गर्न जान थालेपछि कोही रहरले पनि कामका लागि उता जाने गरेका छन् भने, कोही बाध्यताले । घरको आर्थिक अवस्था कमजोर भएपछि नचाहेर पनि कोही व्यक्ति बाध्यताले मजदुरी गर्न भारततर्फ जाने गर्दछन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page