


बैतडी -प्रकाश भट्ट,

बैतडीको दोगडाकेदार गाउँपालिकाले कोल्ड स्टोर निर्माण गर्न लागेको छ। तरकारी र फलफुल उत्पादनका लागि पकेट क्षेत्र मानिने दोगडाकेदार गाउँपालिकामा कोल्ड स्टोर निर्माण गरिन लागेको हो।
संघिय सरकारको ७० लाख र स्थानीय सरकारको ७० लाख गरेर कुल १ करोड ४० लाखमा कोल्ड स्टोर निर्माण गरिन लागेको दोगडाकेदार गाउँपालिकाका प्रबक्ता दिनेश प्रसाद भट्टले बताए।
दुर्गम क्षेत्रका किसानले समेत बेमौसमी तरकारी लगाएत अन्य फलफुललाई समेत भण्डारण गरेर राख्न सक्ने उद्देश्य लिएर गाउँपालिकाले कोल्डस्टोर निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले बताए।उनले भने, ‘अहिले सम्म कोल्ड स्टोर नहुँदा कृषकलाई बीउ किन्नु पर्ने बाध्यताको थियो। अब त्यसको अन्त्य हुनेछ।’ स्थानीय अझै व्यवसायिक कृषि तर्फ आकर्षित हुने छन्। गाउँघरमै रोजगारिका अवसर पनि मिल्ने उनले बताए। दोगडाकेदार गाउँपालिकाले कोल्ड स्टोर निर्माण गर्न सरकारि दररेट बमोजिम जग्गा उपलब्ध गराउन आग्रह समेत गरेको छ।




