Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पञ्चेश्वरमा भत्ता बुझेर घर फर्किरहेका वृद्ध मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा बृद्ध भत्ता बुझेर घर फर्किरहेका एक वृद्धको माटोमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ६ रोडी बस्ने ७१ वर्षीय धन सिंह भण्डारीको बृद्ध भत्ता बुझेर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

वडा नं ३ र ४ को सिमानामा पर्ने गोगनपानी भन्ने स्थानमा मृत फेला परेका वडा नं ६ का वडा अध्यक्ष राम सिंह पुजाराले जानकारी दिए ।

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ स्थित कुलाउँको नविल बैंकबाट बृद्ध भत्ता बुझेर सोमबार घर फर्किएका भण्डारी साँझसम्म पनि घर नपुगेपछि खाेजी भएको थियो । सोही क्रममा मंगलबार बिहान मृत अवस्थामा फेला परेको वडा अधयक्ष पुजाराले बताए । फेला परेका वृद्ध भण्डारीको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले शव दखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वडा नं ६ को रोडीदवलबाट नविल बैंक रहेको स्थान कुलाउसम्म करिब ५ घण्टाको पैदल दुरीमा रहेको वडा अधयक्ष पुजाराले बताए । यस अघि पञ्चेश्वर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमा बितरण गर्ने योजना बनाएको र असक्त , अपाङ्ग जेष्ठ नागरिकलाई घरदैलोमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरिको गाउँ पालिका उपाध्यक्ष बिना भट्टले बताइन

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page