


बैतडी -बैतडीको पाटनमा अवैध रुपमा सन्चालनमा रहेका दुई क्लिनिक सिल गरिएको छ । अवैध स्वास्थ्य क्लिनक र दन्त क्लिनिक सिल गरिएको हो । पाटन बजारमा सञ्चालित निभा स्वास्थ्य क्लिनिक र ओम कान्तिपुर डेन्टल केयरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिए ।
सिएम पढेका सुर्खेतका फत्तबहादुर खड्काले चार महिनादेखि सञ्चालन गरेको निभा स्वास्थ्य क्लिनिक दर्ता नै नगरेको सञ्चालन गरेकोले बन्द गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताए । खड्काले अहिले भीमदत्त प्राविधिक कलेजबाट फार्मेसी पढाई गरिरहेको भट्टले जानकारी दिए ।

सीएम पढेका व्यक्तिले मेडिकल तथा औषधि पसल सञ्चालन गर्न पाउदैन । खड्काले सञ्चालन गरिरहेको निभा हेल्थ क्लिनिकमा गर्भपतन गर्ने औषधीहरू पनि बरामद गरिएको छ । उक्त औषधी चिकित्सकहरूको सल्लाह बिक्री वितरण गर्न नपाउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए ।
यस्तै पाटन बजारमै सञ्चालनमा रहेको ओम कान्तिपुर डेन्टल केयरलाई पनि शिल गरिएको छ । विना दर्ता र दत्त क्लिनीकको मापदण्ड विपरित सञ्चालनमा रहेकाले सिल गरिएको हो । नियम विपरीत सञ्चालन गरिएको उक्त क्लिनिकमा जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले सिल गरेको बताइएको छ ।
ओम कान्तिपुर डेन्टल केयर करिब तिन बर्ष यतादेखि पाटनमा खुलेआम घुम्ति सिविर पनि सन्चालन गर्दै आइरहेको
थियो।




