


बैतडी – प्रकाश भट्ट,बैतडीको पञ्चेश्वरमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
राति सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती १:०० बजे सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको मृतक अनिताकी भाउजु नाता पर्ने बिमला चन्दले जानकारी दिइन ।

‘राति घरका अन्य सदस्य बदेल घपाउन पहरा बस्न खेतमा गएका र किसोरि एक्लै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको हो। चन्दले भनिन, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, बैद्यलाई बोलउन गएको समयमा उनको घरमै मृत्यु भयो’ ।
किशोरी महिनावारी भएको बेला गोठमै मृत्यु भएको खबरहरु आइरहदा मृतककी आमा बिन्द्रा चन्दसंग बुझ्दा छोरी महिनावारी नरहेको र कुप्रचार गरिएको बताइन।
यस्तै गाउँपालिका उपाध्यक्ष बिना भट्टले पञ्चेश्वर गाउँपालिकाले छाउपडि उन्मुलन गर्न बिभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गरेको र छाउपडि प्रथाको बारेमा र छाउगोठको तथ्याङ्क संकलन गर्न बिशेष कार्यक्रम सन्चालन गरेको र छाउगोठ सुन्य अवस्थामा झारेको दाबि समेत गरिन।
किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइ




