


बैतडी -बैतडीमा दुई दशक यता अधिकारका क्षेत्रमा कार्यरत महिला अधिकारकर्मी सरस्वती नेपालीलाई जातीवाद विरुद्धको विश्व च्याम्पीयन अवार्ड पाइने भएको छ ।
आज बिहान अमेरिकामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको छ ।
आजै अमेरीकामा आयोजीत अवार्ड वितरण कार्यक्रममा अधिकारकर्मी नेपालीलाई अवार्ड वितरण गरिनेछ ।

उक्त अवार्ड नेपाली समय अनुसार राती ११बजे वितरण गरिने छ । उक्त अवार्ड विश्वका ६ जना महिलाले प्राप्त गर्दैछन् ।
अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिल की कारी गुजारारा, ओस्वाल्डो बिलबाओ लोबाटोन(पेरु), रानी यान(बंगलादेश), सादिया मोस्बाह(ट्युनिसिया), भिक्टोरिना लुका (मोल्डोभा) रहेकाछन् ।
अधिकारकर्मी नेपालीले यसअघि ५लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड समेत प्राप्त गरिसकेकी छन् ।





