Vutlaxapu
Laxmibhuwan sun chadi

डेंगी संक्रमणबाट भारतमा बैतडीका एक युवकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, डेंगी संक्रमणबाट बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । सुर्नया गाउँपालिका वडा नं ४ चनेताका मानदेव भट्टका छोरा २० वर्षिय विजय भट्टको भारतमा डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

भारतको नयाँ दिल्ली आजादपूरमा काम गर्दै आएका भट्टको बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको आफन्त गणेश दत्त भट्टले जानकारी दिए । उनका अनुसार तिन दिन पहिले विजयलाई उच्च ज्वरोले च्यापेको थियो । ज्वरो आएर बिरामी परेका उनलाई बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगीे संक्रमण पुष्टि भएको थियो ।

 

डेंगी देखा परेर औषधि सेवन गरिरहेका उनलाई बिहीवार फेरि उच्च ज्वरो आएर आजादपूर स्थित फोर्टिज हस्पिटलमा भर्ना गरिएको थियो । बिहान हस्पिटल भर्ना गरिएका उनको दिउंसो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको आफन्तहरुको भनाई छ । उनि रोजगारीको सिलसिलामा ३ महिना पहिले मात्रै भारत गएका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page