



बैतडी -बैतडीको दशरथचन्द नगरपालिकाको प्राविधिक साखामा तालाबन्दी गरिएको छ । योजना सखा प्रमुख नभएकाले प्राबिधिक साखामा ताला लगाइएको नगर प्रमुख पुष्करराज जोशी लख्खाभाईले जानकारी दिए ।
नगरपालिकाका इन्जिनियर जयसिंह बोहराको करार सम्झौता नथप्ने कार्यपालिकाबाट निर्णय गरिएपछि जिम्मेवार व्यक्ति नहुँदा उक्त साखा नै बन्द गरिएको नगर प्रमुख जोशीले बताए । सम्देनशील साखाको रुपमा रहेको योजना साखामा कागजातको सुरक्षाको लागि ताला लगाइएको उनले बताए । अबको एक हप्ताभित्रै नयाँ साखा प्रमुख नियुक्त गरिने र त्यसपछि उक्त साखाबाट कामकाज सुरु हुने नगर प्रमुख जोशीले बताए ।




