Vutlaxapu
Laxmibhuwan sun chadi

झुलाघाटमा ट्युबसहित पौडी खेलिरहेका बाबुछोरा बगेर बेपत्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : नेपाल–भारत सीमा भएर बग्ने नदी महाकालीमा बगेर बाबुछोरा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपालसँगको सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय तनुज चन्द रहेका छन्।

 

जय भगवति मेलौली सुनचाँदी

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलिरहेका बाबुछोरा बगेर बेपत्ता भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए।

 

दिनदिनै ट्युब लगेर नदीमा खेल्ने बाबुछोरा शुक्रबार एक्कासी बगेको खबर आएको पुजाराले बताए। उनले भने, ‘नदी नजिकै घर रहेका उनीहरू दिनदिनै महाकालीमा ट्युबसहित खेल्दा रहेछन्। आज एक्कासी नदीमा पानीको बहाव बढेपछि उनीहरू बगेका भन्ने खबर छ।’

 

घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन। बेपत्ता दुबैजनाको खोजीमा नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५१ गुल्म हेड क्वार्टर बैतडीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page