


बैतडी -सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमण ह्वात्तै बढेको छ। सन् २०२३ को पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा यहाँ डेंगु संक्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो।

निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा संक्रमण देखिएकामा जुलाइमा त्यो सङ्ख्या बढेर ५८ पुगेको छ। यस्तै अगस्ट महिनामा भने डेंगु संक्रमण ह्वात्तै बढेको पाइएको छ। अगस्तको हालसम्म दुई सय १३ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।
सुदूरपश्चिममा सन् २०२३ को हालसम्म पाँच सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ।




