Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडिको मेलौलीमा महिलालाइ रातभर नांगै पारेर बाँझो गोठमा बलात्कार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडि: फागुन ५ मेलौलीकी ३० बर्षीया एक महिलालाई बाँझो गोठमा रातभर बलात्कार गरिएको खुलेको छ। मेलौली नगरपालिकाको केन्द्रबाट घर फर्किने क्रममा उक्त घटना भएको हो। अपांगता भएकी चार बर्षीया छोरीको बाल पोषण भत्ता लिएर एनसिसी बैंकबाट घर फर्किने क्रममा उनी माथि मेलौली नगरपालिका–१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन्।

सुस्त मनस्थिति भएकी ती महिलालाई मेलौली–१ का २६ बर्षिय करनसिंह नेगीले गत माघ २४ गते बलात्कार गरेको पीडित महिलाका श्रीमानले बताए। दोषिमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय आएका उनले साँझ पाँच बजे एक्लै हिडिरहेका बेला जबरजस्ती गोठमा लगेर बलात्कार गरिएको जानकारी दिए।

मदिरा सेवन गरेर बाटोमा बसेका नेगीले मुख छोपेर घचेट्दै बाँझो गोठमा लगेर राभभर नांगै पारि बलात्कार गरेको पीडित महिलाले बताइन्। ‘म एक्लै हिडिरहेको बेला च्याप्प समातेर मुख छोप्यो,’ सदरमुकाम आएकी उनले भनिन्, ‘हल्ला गरे मारिदिने धम्की दियो, त्यसपछि तानेर गोठमा लग्यो। गोठमा पु-याएर मदिरा सेवन गरी मलाई नांगै पारेर जबरजस्ती करणी ग-र्यो।’

जय भगवति मेलौली सुनचाँदी

पीडित महिलाका अनुसार प्रतिकार गर्दा नेगीले लछारपछार र कुटपिट गरेका थिए। उनको छाती, गाला र शरिरका विभिन्न भागमा स–साना घाउ भएका छन्। रातभरी बलात्कार गरेर बिहान ३ बजे छोडेर गएको र त्यसपछि मात्र आफूले लुगा लगाउन पाएको उनले बताइन्।

पीडित महिलाका १ छोरा र १ बोल्न तथा हिड्डुल गर्न नसक्ने अपांगता भएकी छोरी छन्। महिलाका आफन्तले घटना भएको दिन उनी घर नफर्केपछि रातभरी खोजेको बताएका छन्। ‘हामीले रातभरी खोज्यौ, बच्चाले रोएर हैरान पा-र्याे,’ पीडित महिलाका जेठाजुले भने, ‘मूल बाटोभन्दा पाँच/छ सय मिनेट टाढा लगेकाले त्यहासम्म पुग्न सकेनौ।’

पीडित महिलाका आफन्तका अनुसार उनी दोस्रो दिन आत्तिएर काँप्दै घरमा आएकी थिइन् । र, घटनाबारे केही पनि बताएकी थिइनन्। उक्त घटनाबारे कसैलाई बताए मार्ने धम्की दिएका कारण कुरा ढिलो सार्वजनिक भएको स्थानीय जनप्रतिनिधी बलभद्र दयालले बताएका छन्।

घटना भएको केही दिन आफन्तले सोधपुछ गरेको र त्यसपछि वडाध्यक्ष सुरत नेगीलाई भेट्न गएको उनीहरुले बताएका छन्। ‘२४ गते राती के भएको हो पत्ता लगाइदिनुप-र्याे भनेर अध्यक्षलाई भेट्न गयौ,’ महिलाका जेठाजु भन्छन्, ‘अध्यक्ष नेगीले सोध्दा मात्र महिलाले घटनाबारे बल्ल बताएकी हुन्।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page