


फागुन ९ दार्चुलाको नौगाडमा श्रीमान लाइ भेट्न गएकी श्रीमतीको शाहुको घरमा शव फेला परेको छ। शैल्यशिखर नगरपालिका–४ सेतकला बस्ने २२ वर्षीय कमला ठगुन्नाको शव नौगाड गाउँपालिका–६ बस्ने सङुवा ठगुन्नाको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, निमित्त प्रमुख एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले बतानुभयो ।

उनको घरमा सवारी चालक रहेका शैल्यशिखर नगरपालीका ४ सेतकलाका प्रेम सिंह ठगुन्नाले सङुवा ठगुन्नाको गाडी चलाउने गरेका थिए।
यही फागुन २ गते कमला श्रीमानलाई भेट्न मात्रै गाडी साहुको घरमा गएकी थिइन्। आइतबार गाडी शाहु सङुवा र श्रीमान ठगुन्ना कैलाली गएका बेला उनी कोठामै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
कमलाको शव पोष्टमार्टमको लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ।




