Vutlaxapu
Laxmibhuwan sun chadi

विश्वकप क्रिकेट: श्रीलंकाविरूद्ध पाकिस्तानको सानदार जित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

असोज २४-भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकामाथि ६ विकेटको सानदार जित निकालेको छ।

हैदरावादको राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा मंगलबार राति सकिएको खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको हो।

श्रीलंकाले दिएको ३४५ रनको फराकिलो लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

पाकिस्तानको जितमा ओपनर अबदुल्लाह शफिक र मोहम्मद रिजवानले शतक पूरा गरे। रिजवानले १९३ बलमा ८ चौका र ३ छक्का प्रहार गरी १३१ रन बनाए। शफिकले १०३ बलमा १० चौका र ३ छक्का प्रहार गरी ११३ रन बनाए।

 

साउद शकिलले ३० बलमा २ चौका प्रहार गरी ३१ रन बनाए। इफ्तीखार अहमदले अविजित २२ रन बनाए। इमाम उल हकले १२ र कप्तान बाबर आजम १० रन बनाएर आउट भएका थिए।

जय भगवति मेलौली सुनचाँदी

बलिङमा दिलसान मदुसंकाले २ विकेट र महिश थिकशानार मथिशा पथिरनाले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३४४ रन बनाएको थियो।

 

यसअघि श्रीलङ्काका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले । मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए । उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए । उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे । उनले यस क्रममा सात चौका र एक छक्का हाने । धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शादब खानले एक/एक विकट लिए।

 

श्रीलंकाले पाकिस्तानसँगको पछिल्लो भेट एसिया कपको सेमिफाइनल खेलमा सनसनीपूर्ण जित निकालेको थियो।

विश्वकपमा भने श्रीलंकाको यो लगातार दोस्रो हार हो। श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो।

पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page