Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा टिपर दुर्घटना : ४ को मृत्यु, ४ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:फागुन ९ बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीन जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्याल्य बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार टिप्पर दुर्घटना हुँदा दुई विद्यार्थी र एक अन्य गरी तीन जनाको मृत्यु भएको हो। पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए।उनका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। १२ वर्षीय राजेश पन्त, १२ वर्षकै सुनिल भट्ट, १२ वर्षकै अमित बिष्ट र १३ वर्षीय सुदिप पन्त घाइते भएका छन्। घाइते एकजनाको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक खड्काले बताए। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडाबाट पाटनतर्फ जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page