Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा जारी बिडिसिए कपमा दशरथचन्द एकेडेमी फाइनलमा प्रवेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी फाइनलमा प्रवेश गरेकाे छ।

आइतबार सम्पन्न सेमिफाइनल खेलमा एनआरवाइसी बठ्ठालाई १६ रनले स्तब्ध पार्दै एकेडेमी फाइनलमा पुगेकाे हाे।

जितका लागि पाएकाे १४७ रनकाे लक्ष्य पन्छाएकाे एनआरवाइसी ३४.३ ओभरमा १३० रनमा अलआउट भयाे । उसका डम्बर तिरूवाले ३५ र भुपेन्द्र चन्दले २० रनकाे याेगदान गरेपनि टाेलीलाई जिताउन असफल रहे।

एकेडेमीका लागि वसन्त खत्रीले एक्लैले ६ र अनुराग चन्दले २ विकेट हात पारे।

जय भगवति मेलौली सुनचाँदी

त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेकाे एकेडेमी ४२ ओभरमा १४६ रनमा समेटियाे। जसमा सुदीप टमटाले अर्धशतकीय पारी खेल्दै ५३ रन हिर्काए। एनआरवाइसीका लागि भुपेन्द्र चन्दले ७ र प्रदीप चन्दले २ विकेट लिए। भुपेन्द्र खेलका म्यान अफ द म्याच चुनिएका स्काेरर नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत साेमबार दाेस्राे सेमिफाइनलमा निङलाशैनी क्रिकेट क्लब र त्रिपुरा क्रिकेट क्लब भिड्नेछन् ।

बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा गत मंसिर १६ गतेदेखि शुरू भएकाे प्रतियोगिता पुस ४ गते सम्पन्न हुनेछ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले बताउनुभयाे ।

प्रधानमन्त्री कप एकदिवसीय छनाैटका रूपमा समेत लिइएको प्रतियाेगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page