


बैतडी। बैतडी घर भएका एक प्रहरी जवान डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको सिगास गाउँपालिका–३ डुँडै घर भई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ स्थित ऋषिखोला सामुदायिक वनमा मृत फेला परेका हुन् ।
चितवन दरबन्दी भएका बोहरा केही समयदेखि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत रहेको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा उनी सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे जानकारी पाएपछि उनको खोजी सुरु गरिएको थियो । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक बोहराकी श्रीमतीसमेत नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




