Vutlaxapu
Laxmibhuwan sun chadi

चोरी मुद्दामा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य विनोद राम लोहार निलम्बित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी — दशरथचन्द नगरपालिकाका नगर कार्यपालिका सदस्य विनोद राम लोहार विरुद्ध चोरीसम्बन्धी मुद्दा दायर भई सम्बन्धित निकायबाट अनुसन्धान तथा कानुनी कारबाही अघि बढेपछि नगरपालिकाले उनलाई निलम्बन गरेको छ।

दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा लोहारविरुद्ध चोरी मुद्दा दायर भई अनुसन्धान/कानुनी कारबाही भइरहेको विषयमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

जय भगवति मेलौली सुनचाँदी

निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी अनुसन्धानमा कुनै किसिमको अवरोध वा प्रभाव नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा दशरथचन्द नगरपालिकाको पदाधिकारीको आचारसंहिता २०७४ लगायत प्रचलित कानुनबमोजिम लोहारलाई कार्यपालिकाको सदस्यको हैसियतमा कार्यसम्पादन गर्ने कार्यबाट निलम्बन गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार सम्बन्धित मुद्दाको अनुसन्धान तथा न्यायिक प्रक्रिया सम्पन्न भई अन्तिम फैसला नभएसम्म निलम्बन कायम रहनेछ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page