


बैतडी -कञ्चनपुरमा सवारी दुर्घटनामा परी बैतडीकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका–९ गन्सुरकी भागरथी अवस्थी रहकी छन् ।
आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११कलुवापुरमा बसले ठक्कर दिएको थियो ।

आइतबार बैतडी आउने क्रममा उनका श्रीमान शिवराजले चलाएको सु प प्र ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई १ख९३५ नम्बरको बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
भागरथीको उपचारकै क्रममा धनगढीस्थित मायामेट्रो हस्पिटलमा मृत्यु भएको हो ।
बसले ठक्कर दिएपछि मृतकका श्रीमान शिवराज अवस्थी र १३ बर्षीय छोरा बालकृष्ण अवस्थी घाइते भएका थिए । घाइते बुवाछोरा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।




