Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन–पञ्चेश्वर सडकखण्डको सुरुवाती बिन्दुमा स्थानीयद्बवारा बन्द

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटन नगरपालिका–६ स्थित पाटन–पञ्चेश्वर सडकखण्डको सुरुवाती ३ किलोमिटर सडक स्तरोन्नतीसँगै सहज आवागमनको माग गर्दै स्थानीयहरुले सडक बन्द गरेका छन् । सुरुवाती बिन्दुसँगै जोडिएका बगर र टुणेगैर टोलका नागरिकहरुले सडकबाट उड्ने ब्यापक धुलोका कारण जनजिवन प्रभावित भइरहेका भन्दै स्तरोन्नतीसँगै सहज आवगमनको माग गर्दै सडक बन्द गरेको वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्टले जानकारी दिए । आज बिहानैदेखि स्थानीयहरुले सडकमा ढुंगा मुडा राखेर आवगमनमा रोक लगाएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

पाटन–पञ्चेश्वर सडकखण्डको सुरुवाती बिन्दुमा रहेको उक्त सडक, सडक डिभिजन कार्यालय मातहत थियो । करिब एक हप्ता पहिले मात्रै उक्त सडक प्रदेश मातहत गइसकको छ । सडक डिभिजन कार्यालय पाटनका सूचना अधिकारी असिम रसाइलीका अनुसार मंसिर २८ गते प्रदेश मातहत गइसकको र बैतडीको पुर्वाधार कार्यालयबाट सडक स्तरोन्नती हुने छ ।

हालैमात्र पुर्वाधार कार्यालय मातहत आएकाले भौतिक पुर्वाधार मन्त्रालय बहुवर्षीया ठेक्का स्वीकृतको तयारी भइरहेको पुर्वाधार कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले जानकारी दिए । ‘भर्खरै पुर्वधार मातहत आएको छ, ड्राफ्ट तयार हुदैछ, अब लगत्तै मन्त्रालयमा फाइल पेस गरेर बहुवर्षीय स्वीकृत गरेर काम अघि बढाउछौँ,’ इन्जिनियर भुलले बताए ।

यसैगरी पुर्वाधार कार्यालय मातहतका अन्य सडक, सलेना–दुर्गास्थान–देहिमाण्डौ सडक, लामालेक–पेल्या–ढणौन, त्रिपुरा– सेरा, देहिमाण्डौ– गिरेगडा सडकको अगाडीको खण्डको ठेक्का स्वीकृतको प्रक्रिया अघि बढीरहेको इन्जिनियर भुलले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page