



बैतडी -बैतडीको सिगास गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । अर्जुन मावि गाजरीमा पालिकाको रनिङ शिल्ड शुरु भएको हो ।
सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीको सभाध्यक्षतामा आयोजना गरिएको उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेस सभा सदस्य जानकी ऐर बम रहनु भएको थियो । उद्घाटन समारोहमा विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारी रहनु भएको थियो ।




