Vutlaxapu
Laxmibhuwan sun chadi

जय नेपाल पार्टी खोल्दै धवल शम्शेर र दुर्गा प्रसाईं, साउन २८ गते निर्वाचन आयोग जाने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौ ।राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर र मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी खोल्ने भएका छन्।

राणा र प्रसाईं सहितले साउन २८ गते नयाँ पार्टी घोषणा गर्ने भएका हुन्।

साथै सोही दिन पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ।

नयाँ पार्टी खोल्नुअघि उनीहरूले तयारीका लागि विभिन्न समितिहरू गठन गरेर काम गरिरहेका थिए। सोही समितिको आज बसेको बैठकले जय नेपाल पार्टी खोल्ने निर्णय गरेको नेता नेता सगुनसुन्दर लावतीले सेतोपाटीलाई जानकारी दिए।

‘हामी नयाँ पार्टी खोल्दैछौं, पार्टीको नाम जय नेपाल रहनेछ, साउन २८ मा निर्वाचन आयोग जाने कार्यक्रम छ,’ उनले भने।

उनकाअनुसार पार्टीको अध्यक्ष राणा रहनेछन् भने सर्वोच्च नेता प्रसाईं रहने सहमति भइसकेको छ।

जय भगवति मेलौली सुनचाँदी

चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहेकोले टुंगिन बाँकी छ।

राणाले जेठ १७ गते राप्रपा परित्याग गरेका थिए। उनले राप्रपाका विभिन्न तहका १८५ जना नेताहरूलाई पनि सँगै लगेका छन्।

साथै राणालाई नयाँ पार्टी खोल्न मेडिकल व्यवसायी तथा केही वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गर्दै आएका प्रसाईंले साथ दिएका हुन्।

गत जेठ २२ गते राणा र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति भएसँगै प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका थिए।

उनीहरूले प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण गर्ने बताएका थिए। संवैधानिक राजतन्त्र विचार र सनातन धर्मलाई समेटेर अघि बढ्ने तयारीमा उनीहरू छन्।

राणा र प्रसाईं केही समयदेखि राजसंस्था पुनर्स्थापनाका पक्षमा छन्। उनीहरू २०८१ चैत १५ मा काठमाडौंमा भएको राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा पनि एकै मोर्चामा थिए।

त्यसबेला नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति’ बनेको थियो। उक्त समितिले बनाएको आन्दोलनको कमान्डर प्रसाईं र आन्दोलन परिचालन समिति संयोजक राणा थिए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page