



बैतडी -बैतडीको सुर्नया गाउँपालिका ८ का स्थानीय बीरबहादुर साउँदको खोरबाट बाख्रा चोरी भएका छन् । बिहीबार राती खोरबाट नै १० ओटा बाख्रा चोरी भएको साउँदले बताए । तीन खसी सहित खोरबाट १० बाख्रा चोरी भएको उनले जानकारी दिए ।
वडाअध्यक्ष भानबहादुर बोहराले साउँदले वडामा जानकारी गराएको र खोजी गर्ने काम भैरहेको बताए ।




