Vutlaxapu
Laxmibhuwan sun chadi

राप्रपाले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई माग पत्र पेश गर्ने निर्णय गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर फागुन ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई माग पत्र बुझाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बुधबारको बैठकमा आन्दोलन मूल समिति संयोजकसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनी, आन्दोलन परिचालन समिति संयोजक धवलशमशेर राणा, पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, उपत्यकाभित्रका जिल्ला अध्यक्षहरूलगायत सहभागी थिए।

राप्रपाले गत पुस ३ गते केन्द्रीय समितिबाट आन्दोलनमा जाने निर्णय गरेको थियो।राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने राप्रपाको निर्णय थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page