



बैतडी -बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ स्थित हाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको छ। नगरपालिकाले मङ्गलवारबाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको हो।
विगतमा पनि स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा दिन मेडिकल अधिकृतको नियुक्त गरिएको भएपनि केही समयदेखि चिकित्सक अभावमा सेवा अवरुद्ध भएको थियो। मङ्गलवार नगरपालिकाले डाक्टर स्मृति लामा थिङलाई मेडिकल अधिकृतमा नियुक्त गरेसँगै चिकित्सकीय सेवा सुरू भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए। उनले डाक्टर थिङको नियुक्तिसँगै समान्य चिकित्सा सेवा स्वास्थ्य चौकीबाट प्रदान गर्न सहज हुने बताए।




