Vutlaxapu
Laxmibhuwan sun chadi

माओवादी उपाध्यक्ष महरा पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको हो।

 

इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मु‍द्दा चलाउन सिफारिस गरेको थियो।

 

जय भगवति मेलौली सुनचाँदी

जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो। उनका छोरा राहुल महरा भने पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्।

 

महराको चिनियाँ तस्कर दाओजिन वाङसँग पटकपटक कुराकानी भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको ९ किलो सुन भएको भेप बरामद गरेपछि महरा बाबु-छोराले पटकपटक भन्सार कार्यालय प्रमुखलाई सम्पर्क गरी छुटाउन दबाब दिएका थिए। चिनियाँ तस्कर समूहले भेप छुटाउने प्रयास गरिरहँदा विमानस्थलकै कर्मचारीहरूले भेपभित्र सुन रहेको थाहा पाएका थिए। त्यसपछि सुन चोरी गरी अर्कै भेप राखिएको थियो।

 

भेप नै चोरी भएको थाहा पाएपछि भन्सार कार्यालयले छानिबन गर्न सिआइबीलाई अनुरोध गरेको थियो। त्यसमा संलग्नहरूलाई पक्राउ गरेपछि महरा-बाबु छोरा र चिनियाँ तस्कर समूहबारे खुलेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page