Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा मिनी ट्रक दुर्घटना, एक महिलाको मृत्यु, पाँच घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि: चैत्र ७ बैतडीको पाटनमा मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ पाटनबाट सुर्नया तर्फ जादै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सुर्नया ३ का २५ बर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । गम्भिर घाइते भएकी चन्दलाई उपचारका लागि डडेल्धुरा लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिनुभयो । ट्रकमा सवार ५ जना घाइते भएका छन् । घाइते हुनेमा सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द ३५बर्षीया बसन्ती भट्ट,  ३३ बर्षीया कलावती भट्ट, सुर्नया ३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट घाइते भएका छन् ।
माधवी, बसन्ती र कलावतीलाई डडेल्धुरा लगिएको छ भने निर्मला र पार्वतीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
लिपपोतको लागि   रातो माटो लैजानकोलागि  उनीहरु पाटन आएको प्रहीले जनाएको छ ।  मिनिट्रक चालक पाटन ४ का विरेन्द्र खत्री फरार रहेका छन छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page