Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा दाजुबाट बहिनिकै बलात्कार : अभियुक्तमाथि जबरजस्ती करणि मुद्दा दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

चैत्र ९ बझाङ,। बहिनी बलात्कार गरेको आरोपमा बझाङ प्रहरीले दाजुलाई पक्राउ गरेको छ । १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ बर्षिय दाजुलाई प्रहरीले पक्राउ गरेको हो । उनीबिरुद्ध सोमबार जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।

गत चैत्र ६ गते साँझ बालिकाकी आमा खेतमा काम गर्न गएको मौका छोपी ५ सय रुपैयाँ दिने प्रलोभन देखाएर गाइगोठमा बालिकालाई उनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।बलत्कारपछि बालिकालाई गाईगोठमै छोडेर पिडक भागेको जिल्ला प्रहरी कार्यालय बझाङमा परेको उजुरीमा उल्लेख छ ।मोबाइलमा फिल्म देखाइँ ५ सय रुपैयाँ दिने भनि बलात्कार गरेको कुरा बालिकाले आमालाई सुनाएकी थिइन् । बालिकाकी आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन् ।उजुरी परेपछि प्रहरी टोलीले खोजी गर्दा घरमा लुकिछिपी बसेको अवस्थामा पीडकलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नावय उपरीक्षक ज्ञानबहादुर विष्टले बताएका छन्

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page