Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका १० वटै पालिकामा मुख्य निर्वाचन अधिकृत (नामावली) सहित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि: चैत्र १३ निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तोकेको छ । बैतडीका १० वटै पालिकामा पनि मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।
निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालका अनुसार डिलशैनी गाउँपालिकामा भाषा आयोग काठमाण्डौमा कार्यरत लोक बहादुर लोकचन्, दोगडाकेदार गाउँपालिकामा शिक्षा बिकास प्रशिधि मन्त्रालय काठमाण्डौमा कार्यरत मान बहादुर घिमिरे, पञ्चेश्वर गाउँपालिकामा पाठ्यक्रम विकास केन्द्र सानोठिमि भक्तपुरमा कार्यरत प्रेम कुमार भट्टराई, पाटन नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा कार्यरत ईश्वर दत्त जोसी, पुर्चाैडी नगरपालिकामा शिक्षा विकास तथा प्रविधी मन्त्रालयमा कार्यरत खिमलीराम अधिकारी, मेलौली नगरपालिकामा जिल्ला अदालत बैतडीका श्रेस्तादार जनक सिह बोहरा मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।
यसैगरी शिवनाथ गाउँपालिकामा परराष्ट्र मन्त्रालयमा कार्यरत दधीराम भण्डारी, सिगासमा पाठ्यक्रम विकास केन्द्र सानोठिमि भक्तपुरमा कार्यरत गणेश प्रशाद भट्टराई, सुर्नया गाउँपालिकामा गृह मन्त्रालयमा कार्यरत सिद्धराज जोशी, दशरथचन्द नगरपालिकामा जिल्ला अदालत बैतडीका न्यायधीस तिलक बहादुर कार्की मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page