Vutlaxapu
Laxmibhuwan sun chadi

मुख्यमन्त्री सोडारीले भोली विश्वासको मत लिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले  भोलि शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिनुहुने भएको छ। सङ्घीय सरकारमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो। मुख्यमन्त्रीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइ दिन हुन अनुरोध गर्नुभएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो।मुख्यमन्त्री सोडारीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने कुरा पनि प्रदेश सभा सचिवालयलाई लेखिएको पत्रमा उल्लेख छ।

जय भगवति मेलौली सुनचाँदी

मुख्यमन्त्रीको आग्रह अनुसार विश्वासको मतको प्रयोजनका लागि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक आह्वान गर्नुभएको सूचना अधिकारी जैसीले बताउनुभयो।५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ। तर मुख्यमन्त्री सोडारीका पक्षमा नेकपा (माओवादी केन्द्र) का १०, एकीकृत समाजवादीका चार, र स्वतन्त्रको एक गरेर १५ मत मात्रै पर्ने देखिन्छ। उहाँको विपक्षमा भने नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नागरिक उन्मुक्तिका सात र राप्रपाको एक गरेर ३७ मत पर्ने देखिन्छ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। कांग्रेस र एमालेबिचको सहमति अनुसार अब सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ। कांग्रेसले अझै कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page