Vutlaxapu
Laxmibhuwan sun chadi

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा कहाँ कति वर्षा भयाे? (विस्तृत विवरण)

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी ।सुदूरपश्चिममा लगातार वर्षा भइरहेका कारण नदी, खोला तथा जलस्रोतमा बहाव बढ्न थालेको छ।

तत्कालै ठूलो बाढीको चेतावनी दिने अवस्था नरहे पनि आगामी दुई दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार पछिल्लो समय वर्षासँगै विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ। रातिको समयमा केही स्थानमा बहाव बढे पनि बिहान भने केही घटेको थियो। तर शनिबार दिउँसो पुनः केही नदी तथा खोलाको सतह बढेको उनले बताए।

“हिजोदेखि वर्षा भइरहेको छ। बहाव बढेको भए पनि अहिलेसम्म चेतावनीको तहमा पुगेको अवस्था छैन। राति केही बहाव बढे पनि बिहान घटेको थियो, तर आज दिउँसो केही स्थानमा पानीको सतह फेरि बढेको छ,” शाहले भने।

जय भगवति मेलौली सुनचाँदी

उनका अनुसार शनिबार र आइतबार कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र अछामका केही नदी तथा खोलामा पानीको सतह सतर्कताको नजिक पुग्न सक्ने अवस्था देखिएको छ। बैतडी, दार्चुला, बझाङ, बाजुरा लगायतका पहाडी क्षेत्रमा भने धेरै स्थानमा वर्षाका कारण जोखिमको अवस्था रहेको उनले बताए।

पछिल्लो २४ घण्टामा अछाममा १५६ दशमलव ६ मिलिमिटर वर्षा भएको छ। धनगढी र अत्तरियालगायतका क्षेत्रमा १सय ५१ दशमलव ८ मिलिमिटर तथा भजनी र बेलौरी क्षेत्रमा करिब १ सय ४० मिलिमिटर वर्षा मापन गरिएको छ। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा १ सय ३० मिलिमिटर आसपास वर्षा भएको बताइएको छ।

शाहका अनुसार पहाडी तथा चुरे क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरोको जोखिमसमेत बढेको छ। “चुरे तथा पहाडी क्षेत्रमा बढी पानी पर्दा पहिरो जाने सम्भावना हुन्छ। त्यहाँ परेको पानी तल झर्दा कैलाली र कञ्चनपुरका होचा तथा डुबान प्रभावित क्षेत्रमा समेत असर पर्न सक्छ,” उनले भने।

हालसम्म सुदूरपश्चिमका प्रमुख नदी तथा खोलाहरू बाढीको ‘वार्निङ लेभल’ अर्थात् चेतावनी तह पार गरिसकेको अवस्था भने नरहेको कार्यालयले जनाएको छ। कैलाली र कञ्चनपुरका नदीहरूमा समेत जलस्तर चेतावनी तहमा नपुगेकाले तत्कालै ठूलो डुबानको अवस्था नरहेको शाहले बताए।

तर आइतबार र सोमबारसम्म पनि लगातार वर्षा भइरहेमा नदी तथा खोलाको बहाव थप बढ्न सक्ने भएकाले जोखिमलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ। “अहिले नै ठूलो डुबानको अवस्था छैन। तर वर्षा भोलि र पर्सिसम्म निरन्तर भइरह्यो भने नदी–खोलाको बहाव बढेर चेतावनीको तहमा पुग्न सक्ने सम्भावना रहन्छ,” शाहले भने।

कञ्चनपुरका जोखिमयुक्त क्षेत्रमा भने स्थानीय प्रशासन तथा सुरक्षा निकायले पूर्वतयारी थालेका छन्। जोखिममा रहेका केही बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

मौसम तथा जलस्तरमा हुने परिवर्तनलाई मध्यनजर गर्दै आइतबार दिउँसोसम्म सर्वसाधारणले विशेष सतर्कता अपनाउनुपर्ने शाहले बताए। नदी तथा खोला आसपासका बासिन्दा, पहाडी क्षेत्रमा यात्रा गर्ने नागरिक तथा डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

“मौसमको अवस्था र नदी–खोलाको जलस्तरबारे बेलाबेलामा पूर्वसूचना लिन आवश्यक छ। मौसम विभाग तथा सम्बन्धित निकायले जारी गर्ने सूचना हेरेर मात्रै यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गर्छौं,” शाहले भने।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page