Vutlaxapu
Laxmibhuwan sun chadi

उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच भेटवार्ता, झुलाघाटमा पुल निर्माणका विषयमा छलफल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पियुष गोयलबीच हिजो नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा  द्विपक्षीय व्यापार एवं आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
भेटमा नेपाल भारत जोड्ने झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको विषयमा पनि छलफल भएको थियो । छलफलमा मन्त्री भण्डारीका समकक्षी गोयलले भारतीय सरकार मोटरेबल पुल निर्माण गर्नको लागि प्रक्रिया अगाडी बढेको जानकारी गराएका थिए ।
बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि यसअघि पनि उच्चस्तरी  वार्ता हुदै आएको हो । वि.स.२०८० जेठमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएका थिए ।
त्यसपछि झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि भारतीय पक्षले निरीक्षणपनि गरेको थियो । पुल निर्माण गर्नका लागि भारतीय सडक विभागको टोलीले निरीक्षण गरेको थियो ।
इन्जिनियर ओम प्रकाश  नेतृत्वको प्राविधिक टोलीले नेपाल र भारत दुवै तर्फको स्थलगत निरीक्षण गरेको हो ।
प्राविधिक टोलीले पुलनिर्माणस्थल नेपालतर्फको मौराभिर र भारततर्फको एसएसबी क्याम्पनजिक सालघारीक्षेत्रको  निरीक्षण गरेको हो।
पाँचसय मिटर लम्बाइको बन्ने उक्त पुलको लागत चार सय ५७ करोड लाग्ने अनुमान गरिएको छ।  त्यसअघि सर्भे कार्य, डीपीआर र मुआब्जाका लागि थप  २० करोड रुपैयाँ लाग्ने अनुमान प्राविधिक टोलीको रहेको भट्टको भनाइ छ।   पुल निर्माण भारतीय लगानीमा हुने जनाइएको छ।
बैतडीबाट निर्वाचित मन्त्री भण्डारीले पनि समकक्षी गोयलसँगको भेटका क्रममा भएको छलफलबाट पनि पुल निर्माण हुनेमा विश्वास गर्न सकिने भएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page