



बैतडी -सुदूरपश्चिममा कर सङ्कलन सम्बन्धी अध्यादेश पारित भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्ले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको हो। आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश पास गरेको छ।मन्त्रीपरिषद्ले अध्यादेश पास गरेपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। प्रदेश प्रमुख नजीर मियाले आजै उक्त अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरिएको छ। प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त अध्यादेश ऐन सरहको कानून बन्नेछ भने आजैबाट प्रदेशभरी रोकिएको कर सङ्कलनको कार्य सुचारु हुनेछ।




