Vutlaxapu
Laxmibhuwan sun chadi

युरोप पठाउँछु भन्दै ठगी गरेको आरोपमा कलाकार ‘ईकु’ पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ । कलाकार भिसामा युरोप पठाउँछु भनी विभिन्न मानिससँग रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी १५ देखि २० लाखसम्म रकम ठगी गर्ने गरेको पाइएको छ । सूर्यमानले विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत त्यही अनुसार हुने भन्दै ठगी गर्ने गरेको सीआईबीले जनाएको छ ।

उनले विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भन्दै पीडितहरूको सम्पर्कबाट बाहिर रहने गरेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page