



बैतडीमा टाईफाईड खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका १० वटै पालिकामा टाईफाईडबिरुद्धको खोप अभियान सञ्चालन हुने भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
यहि चैत्र २५ गते देखि अगामी बैशाख ८ गते सम्म अभियान सञ्चालन हुने छ ।
१५ महिनादेखि १५ वर्ष उमेरसमुहका करिब ७८ हजार बालबालिकाहरुलाई खोप लगाईने छ । ५८६ खोप केन्द्रहरु तोकिएका छन् । खोप अभियानमा ६२० स्वास्थ्यकर्मी खटिने छन् भने १४०० स्वायमसेवक पनि परिचलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ८ वटा पालिकामा चैत्र २५ गते देखि २९ गते सम्म सञ्चालन हुने छ । पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका शिवनाथ गाउँपालिकामा यहि चैत्र २५ गते देखि २९ गते सम्म खोप अभियान सञ्चालन हुने छ ।
यसैगरी सुर्नया गाँउपालिकामा बैशाख ४ गते देखि ६ गते सम्म र मेलौली नगरपालिकामा बैशाख ४ देखि ८ गते सम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ।




