Vutlaxapu
Laxmibhuwan sun chadi

भाइरल ज्वरो आयोः आत्तिनु पर्दैन, घरमै उपचार हुन्छ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । एक्कासि ज्वरो आएमा, श्वासप्रश्वासमा अप्ठ्यारो, जीउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा त्यस व्यक्तिलाई इन्फ्लुएन्जा भएको भनिन्छ ।

प्रायः कडा घाम र पानी पर्ने मौसममा यसले प्रकोपको रूप लिने गरेकाले यसलाई मौसमी इन्फ्लुएन्जा पनि भन्ने गरिन्छ । बदलिँदो मौसम, वायु प्रदूषण तथा दूषित पानीका कारण भाइरल संक्रमण बढी हुन्छ ।

यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । यो रोग भाइरसका कारण हुन्छ ।

भाइरल ज्वरोका लक्षणहरूः

-एक्कासि ज्वरो बढ्ने र रोकिने

-चिसो महसुस हुनु
-हल्का खोकी लाग्नु
– घाँटी दुख्नु
– हाँच्छिऊ आउनु
– नाकबाट पानी आउनु
– टाउको, शरीर तथा हाडजोर्नी दुख्नु
– हातखुट्टामा सिल्का हान्नु र कमजोरी महसुस हुनु
– अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु
– आँखा रातो हुनु
– वाकवाकी लाग्नु
– वान्ता हुने, पेट मडारिनु,
– बेसुरोपना देखा पर्नु
– झाडापखाला लाग्नु आदि ।

सर्ने कारणः

भाइरल ज्वरो सरुवा रोग हो । विशेषगरी रोग लागेका व्यक्तिको शरीरको तरल पदार्थबाट यो रोग अर्को व्यक्तिमा सर्दछ । रोगीले खोक्दा, हाच्छ्यु गर्दा, हाई काढ्दा उसको मुख र नाकबाट निस्कने मसिना थुक, र्‌याल, सिंगानका कणहरूबाट वातावरणमा यसका भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्दछ ।

यसका साथै बिरामीसित हात मिलाउँदा, बिरामीले प्रयोग गरेका रुमाल, कलम आदिबाट पनि रोग सर्दछ । हावामा खेलिरहेका विषाणुहरू श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसँगै नाक चिलाउन र दुख्न थाल्छ । भाइरस घाँटीमा पुगेपछि घाँटी खसखस गर्छ ।

अन्तिममा फोक्सोमा पुगेपछि खोकी लाग्न थाल्छ । भाइरसको प्रवेशसँगै नाकबाट हाच्छ्यु आउने, रुघा लाग्ने, घाँटीमा अप्ठेरो पर्ने, स्वर बिग्रने गर्छ । फोक्सोमा पुगिसकेपछि भाइरस रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ । ज्वरोका कारण शरीरको प्र्रतिरोधात्मक शक्ति कमजोर हुन्छ र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घन्टादेखि पाँच दिनसम्म बढी क्रियाशील हुने भाइरल त्यसपछि आफैं हराएर जान्छ ।

संक्रमण नियन्त्रण गर्ने उपायः

डा. पाठक भन्छन्, यो रोग फैलिनमा नियन्त्रण गर्नका रोगीले खोक्दा हाच्छ्यु गर्दा रुमाल वा रुमाल नभएको अवस्थामा आफ्नो हातले नाक, मुख छोप्ने तथा संक्रमित मानिसले मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले हाच्छ्यु गर्दा, खोक्दा उसको रोग अन्य व्यक्तिमा प्रवेश गर्ने कम सम्भावना हुन्छ ।

बारम्बार हात धुने र हात सफा राख्ने, बिरामीसँग कुरा गर्दा कम्तीमा एक मिटरको दूरीमा बस्ने, बिरामीलाई बेग्लै राख्ने जस्ता उपायहरू अपनाएर संक्रमणबाट जोगिन सकिन्छ ।

जय भगवति मेलौली सुनचाँदी

डराउनु पर्दैनः

चिकित्सकका अनुसार, भाइरल ज्वरो गम्भीर खालको हुँदैन । त्यसैले डराउनु पर्दैन, तर सजग रहन भने आवश्यक छ । सामान्य अवस्थामा भाइरल ज्वरो तीन दिनमा निको हुने गर्छ । ज्वरो ठीक भए पनि एक हप्तासम्म दुर्बलता तथा खोकी रहिरहन सक्छ ।

परिवारको एक सदस्यलाई भाइरल ज्वरो आई निको भई अर्को सदस्यमा सुरु भएको छ भने पनि आत्तिनु पर्दैन । तर ज्वरोसँगै बान्ता भएमा, टाउको दुखेमा, सास फेर्न कठिन भएमा र बिरामी बेसुरो देखिएमा भने तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्र पुर्‌याउनुपर्छ ।

घरमै उपचारः

यो रोग लाग्दा देखा पर्ने सामान्य लक्षणहरूको व्यवस्थापन घरैमा गर्न सकिन्छ । प्रशस्त मात्रामा मनतातो पानी पिउने, बासी तथा चिसो पदार्थ सेवन नगर्ने, चिसोबाट बच्ने, तातोपानीको वाफ लिने, नुनपानी तथा बेसारले कुल्ला गर्ने तथा एक चम्चा मह, आधा चम्चा तुलसीको पातको रस र आधा चम्चा अदुवाको रस मिसाएर बिहान, दिउँसो तथा साँझदिनको तीन पटक सेवन गर्ने जस्ता घरेलु उपचार गर्न सकिन्छ ।

ज्वरो र जीउ दुखाइ कम गर्न सिटामोलजस्ता औषधि उपयुक्त हुन्छ । तर, गर्मीमा अन्य रोग पनि हुन सक्ने सम्भावना भएकाले सुरुमै ब्रुफिनजस्ता औषधि भने नखाएकै राम्रो । यति गरेमा ज्वरो आफैं निको हुन्छ । तर, चिकित्सकको सल्लाहबिना पेन किलर र एन्टिबायोटिकलगायतका औषधि खाने गर्नुहुँदैन । यस्तो गर्दा रोग झन् बल्झिने खतरा हुन्छ ।

इन्फ्लुएन्जा भई ज्वरो आएको वा झाडापखाला भएको व्यक्तिलाई प्रशस्त मात्रामा झोलिलो खुवाएर जलवियोजन हुनबाट जोगाउनु पर्दछ । बिरामीलाई साबिकबमोजिमको खानेकुराका अतिरिक्त थप पोषिलो खानेकुरा तथा झोलिलो खानेकुरा पनि खुवाउनु पर्दछ । आमाको दूधखाने बालक भएमा साबिकभन्दा बढी मात्रामा दूध चुसाउनु पर्दछ ।

चिकित्सा आवश्यकः

यस रोगका सामान्य लक्षणहरूको घरमै उपचार गर्न सकिए पनि जटिलता देखिनेबित्तिकै स्वास्थ्य संस्थामा लगेर उपचार गर्नुपर्दछ । उच्च जोखिममा रहेका समूहजस्तै गर्भवती महिला, बालबालिका, वृद्ध व्यक्ति, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूको निगरानी निकटताबाट गरिनु पर्दछ ।

कसैमा पनि निमोनिया वा ब्रोङ्काइटिसका लक्षण, चिह्न देखिएमा, कडा जलवियोजन भएमा वा गम्भीर रूपले बिरामी भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

सास फेर्न गाह्रो हुनु, चाडो चाडो सास फेर्नु, ओठ र अनुहार नीलो देखिनु, खोकीमा रगत देखिनु, बोल्न नसक्नु वा अरूले बोलेको नबुझ्नु, छाती बेस्सरी दुख्नु, कम्पन हुनु, राम्रो भएर फेरि रोगले च्याप्नुजस्ता लक्षणहरू खतराका चिह्नहरू हुन् । दुई महिनाभन्दा साना नानीहरूमा इन्फ्लुएन्जा भएमा वा इन्फ्लुएन्जा भएको कुनै व्यक्ति सिकिस्त बिरामी भएमा त्यो पनि खतराको निशानी हो ।

रोगीले ध्यान दिनुपर्नेः

भाइरल ज्वरोका बिरामीले प्रशस्त आराम गर्ने, झोलिलो पदार्थ तथा मनतातो पानी खाने गर्नुपर्छ । जति बढी मनतातो पानी खायो त्यति नै छिटो पानी रगतमा फैलने र भाइसलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । खोक्दा, हाच्छ्यु गर्दा वा हाई काढ्दा सधैं रुमालले मुख छोप्ने गर्नुपर्छ ।

यसरी भाइरल ज्वरोप्रति सावधानी अपनाएको खण्डमा ज्वरोको नियन्त्रण र सहज उपचार सम्भव छ । भाइरल ज्वरोको संक्रमण हुनेबित्तिकै डराउनु पर्दैन, आत्तिनु पर्दैन ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page