Vutlaxapu
Laxmibhuwan sun chadi

एसपीलाई थर्काउने कञ्चनपुर भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुर : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग उत्पन्न विवादबारे थप बुझ्नुपर्ने भन्दै भन्सार विभागले भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाएको हो ।

जय भगवति मेलौली सुनचाँदी

भन्सार विभागका अनुसार भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरिएको हो ।

विवादसम्बन्धी सार्वजनिक भएका विवरणमाथि थप अध्ययन तथा बुझाइ आवश्यक रहेकाले विभागले घटनाबारे थप आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

भन्सार पास भएर आएको भारतीय गाडी समातेको विषयमा कैलालीका सशस्त्र प्रहरी प्रमुख केसीलाई भन्सार कार्यालयका अधिकृत भट्टले थर्काएका थिए।

सशस्त्रले रोकेको गाडी तत्काल नछोडेको खण्डमा उनले गृहमन्त्रीदेखि आइजीपीसम्मलाई ‘फोन लगाउने’ भन्दै धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page